नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो। कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका कार्की पहिलो नम्बरमा सिफारिस भएका थिए। काठमाडौँ उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो।नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी रहेकोमा हाल ७ जना कार्यरत छन्। एआईजीको दरबन्दी प्रह
Posted inSamachar
ईश्वर कार्की एआईजीमा बढुवा

