उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योग-व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउन सरकार प्राथमिकताका साथ अघि बढ्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले अड्किएका उद्योगका फाइल र प्रस्तावहरू तत्काल फस्र्यौट गर्ने तयारी भइरहेको बताए।‘धेरै कुरा बुझ्ने मौका पाइसकिएको छ, अब ती कुराहरूलाई प्राथमिकताका आधारमा अघि बढाउनुपर्छ,’ मन्त्री सिन्हाले भने, ‘कुन ठाउँमा कानुनी अवरोध छन्, कुन कारणले अर्थतन्त्र चलायमान हुन सकेको छ
Posted inSamachar
उद्योगमा देखिएका कानुनी अवरोध हटाउने प्राथमिकता दिनेछौँ : उद्योगमन्त्री सिन्हा

