११औँ महाधिवेशन तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा अहिले बिहान ११ बजे सचिवालय बैठक सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुने एमालेको ११औँ महाधिवेशन तयारीका सम्बन्धमा प्रारम्भिक रिर्पोटिङ हुनेछ।उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वस्तुस्थितबारे बैठकमा रिर्पोटिङ गर्नेछन्।ब
ALSO READ प्रहरी हत्याका आरोपीको बयान : संकटकालको बेला माओवादी भन्दै आँखा फुटाइदियो, अहिले बदला लिएँ

