नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले सहज जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेको हो। काठमाडौँका लागि बेन चार्ल्सवर्थले ४६, आकाष त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३,र मोहम्मद आदिल आलमले आठ र भीम सार्कीले तीन रन बनाए। जनकपुरका लागि अनिल साह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ती, किशोर महतो र जान निकोल लफ्टी-इटोनले एक-एक वि
Posted inSamachar
एनपीएलको पहिलो खेलमा काठमाडौँको सहज जित, साविक विजेता जनकपुर पराजित

