नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। उनले सामाजिक सञ्जाल मार्फत आफ्नै पार्टीका अध्यक्षसमेत रहेका ओलीको राजीनामा मागेकी हुन्। ‘गृहमन्त्रीले मात्रै राजीनामा दिएर हुन्न,’ तिम्सेनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्छ।’
Posted inSamachar
एमाले केन्द्रीय सदस्य उषाकिरणले मागिन् प्रधानमन्त्री ओलीको राजीनामा

