नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जिल्लाबाट छनौट हुने १० जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन्।५ जना खुल्ला प्रतिनिधिका लागि ४१ जना,३ जना महिलाका लागि ९ जना, १ जना युवाका लागि ११ जना र १ जना दलितका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले बताए। प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएपनि सहमतिमै प्रतिनिधि छनौट हुने अध्यक्ष राईले दावी गरेका छन्।&nbs
Posted inSamachar
एमाले खोटाङमा १० जना प्रतिनिधिका लागि ६५ जनाको उम्मेदवारी

