नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई ‘बोलेको आधारमै’ प्रहरीले नियन्त्रणमा लिएको दाबी गर्दै यस्तो कार्य मानवअधिकारविपरीत रहेको बताए। ओलीले भने, ‘दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुपर्छ। बोलेको बापत थुन्नु मानव अधिकारको उल्लंघन हो भनेर मानव अधिकार आयोगले नै भनिसकेको छ। सर
Posted inSamachar
ओलीले भने- पक्राउ परेका दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियोस्

