सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको पाँच महिनामै कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन्। जेनजी आन्दोलनको बलमा ऊर्जामन्त्री बनेका घिसिङलाई केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जामन्त्रीको शपथ गराएका हुन्। गएको चैत ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारले घिसिङलाई विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको थियो। कुलमान २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।
ALSO READ बुद्ध एयरका पूर्वनिर्देशक शिवेन्द्र: छोरीलाई नागरिकता नदिन प्रपञ्च, अंशमा पनि छल गरेको ठहर

