राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा यही असोज ७ र ८ गते सञ्चालन गर्ने भएकोछ। बोर्डले आज सूचना जारी गर्दै यो जानकारी दिएको हो। ग्रेडवृद्धि परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको थियो।तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षास्थगित गरेको थियो। यस वर्ष कक्षा १२ को परीक्षाफल गएकाे साउन १९ गते सार्वजनिक भएकाे थियाे।हेर्नुहोस् सूचना
Posted inSamachar
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते

