नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपालखबरलाई जानकारी दिए। 'आज (आइतबार) बिहान ११ बजे दल दर्ता निवेदन दिइयो,' उनले भने, 'पार्टीको निर्णयअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका दल दर्ता गर्यौँ।' आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले राष्ट्रिय सभा नि
Posted inSamachar
कांग्रेसले गर्यो दल दर्ता

