बसको ठक्करबाट काभ्रेको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ। अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ को सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले आज बिहान ठक्कर दिँदा उनको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा.२ ख ६५७९ नम्बरको बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो। स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे बसेले ठक्कर दिएपछि ग
Posted inSamachar
काभ्रेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि अरनिको राजमार्गमा चक्का जाम

