बर्दियाको राजपुरसहित तराई-मधेसका विभिन्न जिल्लाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा पनि धान बेच्न नपाएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारी दरमा धान नखरेपछि किसानहरू बजारमा कौडीको भाउमा धान बेच्न बाध्य भएको गुनासो निकालिरहेका छन्।किसानहरूले उत्पादनका लागि मल–बिउ किन्दा लिएको ऋण तिर्न तथा दैनिक खर्च धान्न व्यापारी र सम्बन्धित कम्पनीले नै तोकेको न्यून मूल्यमा धान बेच्न बाध्य पारिएको प्रगतिशील अभियान नेपालले जनाएको
Posted inSamachar
किसानले समर्थन मूल्यमा पनि धान बेच्न नपाएको भन्दै प्रगतिशील अभियानको आपत्ति

