सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’ को छैटोँ संस्करणको उपाधि गंगा सोनमले जितेकी छिन्।आज ललितपुरमा भएको ग्रान्ड फिनालेमा सिन्धुपाल्चोककी सोनम विजेता घोषित भएकी हुन्। भोटिङको आधारमा उनलाई विजेता घोषणा गरिएको हो।विजेता बनेसँगै उनले नगद २५ लाख रुपैयाँ हात पारिन्। यसपटकको फिनालेमा सोनमसहित सिक्किमबाट बबिता थापा मगर, दार्जिलिङबाट अभिनय खाती, चितवनबाट दर्शना गान्धारी र काठमाडौँबाट मृनल मानन्धर भिडेका थिए।यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भइन्।फर
ALSO READ भारतको उत्तरकाशीको बाढीमा जाजरकोटका १३ नेपाली हराएको आशंका, खोजीका लागि गाउँपालिकाको आग्रह

