आइतबार साँझ। नेपाल प्रज्ञा प्रतिष्ठानको हल गुल्जार थियो। ‘२०८२ को गाईजात्रा’ मा प्रस्तुति हेरेर नेतादेखि दर्शकहरू खित्का छोड्दै हाँसिरहेका थिए। जब कमेडियन सीता न्यौपाने कठघरामा उभिइन्, तब २ घण्टासम्म हाँसोमय बनेको माहोल एकाएक बदलियो।सेतो सारी, रातो पोते। सिउँदोमा सिँदूर। र, अनुहारभरि नीलडाम। कठघरमा उभिएकी सीता आफ्नो पीडा पोखिरहेकी थिइन्। पुष्पा बुढाथोकी पात्रमार्फत।कुरा सुरू हुन्छ बिहेको प्रसंगबाट। अथाह सम्पत्ति, सहरमा घर। यति भएपछि छोरीले सुख पाउँछ भन्ने बुवाआमालाई लाग्यो। त्यसकै भर
Posted inSamachar
गाईजात्राका दर्शकलाई रुवाउने सीताको प्रस्तुति : दिनै सिटामोल खाएर बचाएको सम्बन्धको मोल हुन्छ र?

