हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि ताला लगाइएको छ। माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।यहाँका स्थानीयले विद्यालय समायोजन (गाभ्ने) गाउँपालिकाको निर्णय मान्ने नहुने भन्दै मंगलबार लगाएको ताला आज पनि खुल्न नसकेको हो। जैरको माझ गाउँवासीले गाउँपालिका र वडाले आफूहरूसँग कुनै समन्वय तथा जानकारी नगरी एकलौटी विद्यालय समायोजन गरेको भन्दै आन्दोलन
Posted inSamachar
गाउँको विद्यालय अर्को ठाउँमा गाभ्न खोजेपछि वडा कार्यालयमा तालाबन्दी

