झापामा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ। झापा गाउँपालिका- ६ शरणामतीमा भएको दुर्घटनामा शरणामती ७ निवासी ४५ वर्षीय सुनिल सोरेतको मृत्यु भएकाे हाे।उनको आफैँ अचानक ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। आफैँले चलाउँदै आएको मे १ त ३३१६ नम्बार ट्याक्टर साहुको घरबाट निकाल्ने क्रममा उनी लडेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको त्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Posted inSamachar
गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

