शुक्रबार दिउँसो सिभिल अस्पताल पुग्दा सुभास दाहाल बेडमा पल्टेर फोन हेरिरहेका थिए। केही दिनयता आन्दोलन र सरकारबारे आइरहेका खबरले उनको ध्यान बिथोलिरहेका छन्।‘बाहिर केके कुराहरू आइरहेको छ। गोली खाएर रगतले लतपतिएको मान्छेसँग भने कोही सोध्न र भेट्न पनि आएको छैन। जेनजीको लिडर भनेका छन्। सबै आनन्दले सोफामा बसेर पडकास्टमा बोलिरहेका छन्। पीडितको आडमा फाइदा उठाउने धेरै भए,’ उनले आक्रोश पोखे।१९ वर्षिय सुभास आन्दोलनकै लागि भनेर बनेपाबाट सोमबार काठमाडौँ आएका थिए। सुरूमा शान्त थियो माहोल। बानेश्वर
Posted inSamachar
घाइते जेन-जी भन्छन् : सुशीला चिन्दैनौँ, बालेन र हर्कले चान्स पाऊन्

