विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले तीन बच्चा जन्माउने अभिभावकलाई प्रतिसन्तान ५०० डलर (६९ हजारभन्दा बढी नेपाली रुपैयाँ) अनुदान दिने भएको छ। चीनको सरकारी मिडियाका अनुसार चीन सरकारले जन्मदर बढाउन सोमबार उक्त नीति घोषणा गरेको हो।चीनले अब तीन वर्षमुनिका बच्चाका लागि अभिभावकलाई प्रतिबच्चा वार्षिक ५०० डलर अनुदान दिनेछ। यस हिसाबले हरेक वर्ष उनीहरूले १५०० डलरसम्म अनुदान पाउनेछन्। चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाको पालनपोषणमा मद्दत हुने बताइए
Posted inSamachar
चीन सरकारले ३ सन्तान जन्माउने अभिभावकलाई १५०० डलर दिने

