नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर फागुन २१ को चुनावअघि महाधिवेशन गर्नै पर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन्। केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी बलियो बनाउन नेताहरू एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका हुन्। ‘मैले बुझेको कांग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम भयो। त्यसैले हामी एकढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ,’ उनले भने, 'होइन, गर्नै पर्ने हो भने विशेष अधिवेशनमा जाऔँ। फेस गरौँ विशेष
Posted inSamachar
चुनावअघि महाधिवेशन गर्नै पर्ने भए विशेष महाधिवेशन गरौँ: सहमहान्त्री राठौर

