सङ्खुवासभाको चैनपुर नगरपालिका–८ र ९ का जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन्। द्वन्द्वकालमा आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षसम्म लालपुर्जाबाट वञ्चित चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका हुन्।विसं २०५९ वैशाख १४ गते तत्काली माओवादीद्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा भएको आगजनीका कारण क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भए
Posted inSamachar
चैनपुरबासीले द्वन्द्वकालमा जलेका लालपुर्जा २३ वर्षपछि पाए

