दुई वर्षअघि संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक लामो छलफलपछि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको छ। बिहीबार भएको छलफलपछि समितिले निजी विद्यालयमा दिइने छात्रवृत्तिमा आवास समेट्ने कि नसमेट्नेलगायत केही महत्त्वपूर्ण विषयलाई थाती राखी विधेयक अघि बढाउने निर्णय गरेको हो।समितिले सांसदहरूको असहमतिपछि बालविकास (ईसीडी) का शिक्षकका विषयमा पनि सहमति जुटाउन सकेन। यद्यपि, समितिका तर्फबाट छलफल टुंगिएको भन्दै प्रतिवेदन लेखनका लागि सिफारिस गरेको छ। बाल विकासमा कार
Posted inSamachar
छात्रवृत्ति र ईसीडी शिक्षकको विवाद थाती राखेर अघि बढाइयो शिक्षा विधेयक

