सामाजिक कार्यका लागि आजको खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्टसले फरक जर्सी प्रयोग गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा दुवै टोलीका खेलाडीले जर्सी फेरेका हुन्। आजको खेलमा जनकपुरले पिंक र पोखराले हरियो जर्सी प्रयोग गरेको हो। जनकपुरका खेलाडीले आफ्नो आमाको नाम लेखेको जर्सी प्रयोग गरेका छन्। यो जर्सी खेलपछि अक्सनमार्फत बिक्री गरेर जेनजी आन्दोलनका सहिद परिवारलाई सहयोग गरिने जनकपुरले जनाएको छ। पोखराले भने यो जर्सी बिक्री गरेर आएको रकम जलवा
Posted inSamachar
जनकपुरका खेलाडीको जर्सीमा आमाको नाम

