फिल्म ‘परालको आगो’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। फिल्मका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्।गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित यस फिल्ममा सौगात फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्। यसअघि यो भूमिकामा जितु नेपाल अनुबन्धित भएका थिए। दसैंमा समय दिन नसक्ने भएपछि जितुले यो फिल्म नखेल्ने भनेपछि जितुको सट्टा सौगातलाई लिइएको हो। सौगात अनुबन्ध भएसँगै फिल्म ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ।
Posted inSamachar
जितुले छाडेपछि ‘परालको आगो’ मा भित्रिए सौगात मल्ल

