नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले एक महिनामै पार्टी महाधिवेशन गर्न सकिने बताएका छन्। विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै शर्माले आफूहरूलाई जिम्मा दिए एक महिनामै महाधिवेशन सम्पन्न गरिदिने बताएका हुन्। ‘म गण्डकी प्रदेशको सभापति हुँ, केही कारणले महाधिवेशन गर्न सकिन्न भन्ने मलाई लाग्दैन,' उनले भने, 'हामीलाई जिम्मेवारी दिऊँ, एक महिनाको समय दिऊँ, सबै प्रक्रिया पुर्याएर महाधिवेशन गर्छौं, यसका लागि सातै प्रदेश तयार छ।’
Posted inSamachar
जिम्मेवारी पाए एक महिनामै महाधिवेशन गरिदिन्छौँ: कांग्रेस गण्डकी सभापति

