सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईका जेठान ज्ञानबहादुर बमजन १० लाख धरौटीमा तारेखमा रिहा भएका छन्।लामो समयदेखि फरार रहेका ज्ञानबहादुर आइतबार एकाएक कास्की जिल्ला अदालतमा आत्मसमर्पण गर्न आइपुगेका थिए। सूर्यदर्शनका पूर्वअध्यक्ष रहेका ज्ञानबहादुरले आत्मसमर्पण गरेसँगै आइतबार थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश शंकरकुमार राईको एकल इजलासले ज्ञानबहादुरलाई १० लाख धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो। कास्की अदालतका सूचना अधिकारी दामोद
Posted inSamachar
जीबीका जेठान बमजन सुटुक्क अदालत आए, १० लाख धरौटीमा छुटे

