जेनजी अभियन्ता भावना राउतले देशको वर्तमान गतिरोध समाधान गर्न निर्वाचन नै प्रमुख उपाय भएको बताएकी छिन्।नेपाल कानुन समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्दै संघीय, धर्मनिरपेक्ष र लोकतान्त्रिक मूल्यका साथ देशलाई अघि बढाउनुपर्ने धारणा राखिन्।अभियन्ता राउतले भनिन्, ‘मुलुकलाई डेडलकबाट निकाल्न सक्ने एकमात्र उपाय निर्वाचन हो। यो संविधान संविधानसभाबाट पारित भएको जनसंविधान हो- यसलाई सहजै छुन मिल्दैन। म संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्र मान्छु
Posted inSamachar
जेनजीले राजनीतिक सुझबुझका साथ अघि बढ्नुपर्छ : भावना राउत

