सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार वर्गमा वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार श्रेणीमा विभाजन गरेको जानकारी दिए। उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा घाइतेलाई विभाजन गरिएको छ । सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो।
Posted inSamachar
‘जेनजी’ आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

