भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेको रकमले एक युवकले मोटरसाइकल किनेको प्रहरीले जनाएको छ। दोलखाको बैतेश्वर गाउँपालिका ८ का २७ वर्षीय दीपक श्रेष्ठले बैंकबाट लुटेको रकमले मोटरसाइकल खरिद गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।बैंक लुटपाटमा संलग्न भएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। असोज ७ गते पक्राउ परेका श्रेष्ठमाथि प्रहरीको अनुसन्धानपछि अदालतमा डाँका चोरीको मुद्दा दर्ता भएको छ। जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई पुर्पक्षका लागि कारागार
Posted inSamachar
जेनजी आन्दोलनमा बानेश्वरको वाणिज्य बैंक लुटेर युवकले किने बुलेट बाइक, चढ्नै नपाई पुगे जेल

