जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौँको बानेश्वरमा एक युवक टाउकामै गोली लागेर रक्ताम्मे हुँदै सडकको बारमा झुन्डिन्छन्। सामाजिक सञ्जालमा भाइरल त्यो भिडिओको बीभत्स दृश्य देख्दा कसैले पनि उनी जीवित रहे होलान् भन्ने सोच्न सक्थेनन्। किनकि त्यस दिन प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए। तर खुसीको खबर- दैलेख भगवतीमाई गाउँपालिका घर भएका ती युवक २८ वर्षीय दीपेन्द्र बस्नेत हाल काठमाडौँमा उपचाररत रहेको र स्वास्थ्य सुधार हुँदै गएको जानकारी प्राप्त भएको छ। उनको तस्बिरसहित&n
ALSO READ माओवादी जनयुद्धमा परिवारका तीन सदस्य गुमाएकी मञ्जुले जेनजी विद्रोहबारे गरिन् यस्तो टिप्पणी

