सर्लाहीमा मंगलबार बिहानदेखि हराएका ६ वर्षीय बालकको शव गएराति फेला परेको छ। हरिपुर नगरपालिका-१ जानकीनगर निवासी दिनेश यादवका छोरा सुशान्त यादवको गएराति शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मंगलबार बिहान १० बजेतिर बालक आफ्नै घरबाट बेपता भएका थिए। खोजतलास गर्ने क्रममा राति साढे ११ बजे घरबाट झण्डै आधा किमी पूर्वतर्फ खाल्डोको पानीमा डुबेको अवस्थामा बालकको शव भेटिएको हो।सडक निर्माणका लागि जेसीभीले खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा बालकको शव फेला परेको प
Posted inSamachar
जेसीभीले खनेको खाडलको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

