झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछी बजारमा गएराति भएको आगलागीबाट करिब एक करोड बीस लाख रुपैयाँ बराबरको क्षति भएको छ।राति करिब १० बजे राजेन्द्र ढकालको दुईतले इट्टाको पर्खाल र टिनको छानाको घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो। आगोले ढकालको घर र घरसँगै रहेको भाडामा बस्ने चन्द्र नायकको होलसेल किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको टोली, प्रस्तावित सिमा सुरक्षा बल, गौरादह नगरपालिका, शिवसतासी नगरपालि
Posted inSamachar
झापाको गौरीगञ्जमा आगलागी, एक करोड बीस लाख बराबरको क्षति

