जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। भदौ २४ गते झापाको अनारमनी, सुरुंगा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि आक्रमणका घटना भएका थिए। उक्त घटनाको सीसीटीभी फुटेज, भिडियो र फोटोहरुको अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए।पक्राउ पर्नेहरुमा
Posted inSamachar
झापामा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने १२ जना पक्राउ

