मोरङको कटहरी गाउँ पालिका वडा नम्बर २ को एक खुला ठाउँ। माथि अस्थायी टिनको टहरा। आधा सफा भइसकेको, आधा अझै सरसफाइको क्रममा रहेको। त्यही टहरामुनि कतै कुर्सी, अनि एक सामान्य टेबुल र बिचमा प्रदेश सरकारका शीर्ष जिम्मेवार व्यक्तिहरू। यति बेला यही अस्थायी ठाउँ कोसी प्रदेशको राजनैतिक संवाद, छलफल र योजनाको केन्द्र बनेको छ।यही टहरा मुनी अर्थ समितिका सभापति विनोद बान्तवा राईको अध्यक्षतामा बसेको बैठकमा सात जना प्रदेश सभा सदस्य सहभागी थिए।बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम राना र पूर्वाधार विकास
Posted inSamachar
टिनको टहरामुनि प्रदेशका समितिको बैठक, योजना कटौती नगर्न सांसदको खबरदारी

