मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर घरपझोङ–३ स्याङस्थित बेनी–जोमसोम सडकमार्गमा आइतबार राति ८ बजे दुर्घटनामा परेको हो।ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए।दुर्घटनामा गम्भीर घाइते भएका निसी खोला गाउँपालिका–५ बाग्लुङका ३० वर्षीय ट्याक्टर चालक शेरबहादुर घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको
Posted inSamachar
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

