भारतले आयातीत वस्तुमा उच्च कर लगाउँछ भन्ने एउटा आम धारणा छ। तर, यो धारणा भ्रामक छ। कुनै पनि देश कत्तिको बस्नलायक छ, त्यहाँको सार्वजनिक शिष्टाचार कस्तो छ र विदेशीहरूको कत्तिको स्वागत हुन्छ भन्नेजस्ता विषयमा निकालिने निष्कर्ष आत्मपरक हुने गर्छ। तर, भन्सार शुल्क मापन गर्न सकिन्छ। यसमा आत्मपरकतालाई कुनै ठाउँ दिइनु हुँदैन। त्यसैले आउनुहोस्, तथ्यको लेखाजोखा गरौँ।तर, त्यसअगाडि आम पाठकले अमेरिकाजस्तो विकसित देशमा होइन, भारतजस्ता कम आय भएका विकासशील मुलुकमा भन्सार शुल्कले कस्तो भूमिका निर्
Posted inSamachar
ट्रम्पले भनेझैँ ‘भन्सारको दादा’ हो त भारत?

