रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने अपेक्षा गरिएको छ।रुसले यो बैठकको तयारी सुरु भइसकेको बताएको छ।यसअघि ट्रम्पले पनि युक्रेनमा युद्धविरामका सम्बन्धमा चाँडै पुटिनसँग भेट्ने सम्भावना व्यक्त गरेका थिए।त्यसअघि अमेरिकी राजदूत स्टिभ विटकफले बुधबार रुसका राष्ट्रपति पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए।युक्रेनमा युद्धविराम गर्न ट्रम्पले रुसलाई सहमतिका लागि दिएको समयसीमा आज शुक्रबार सकिँदै छ।
Posted inSamachar
ट्रम्प-पुटिन भेटवार्ताका लागि रुसले थाल्यो तयारी

