नेपाली सेनाले डोल्पाबाट पाँच जना प्रहरीको हवाई उद्धार गरेको छ।अत्याधिक चिसोको कारण इलाका प्रहरी कार्यालय, नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण भई आउने क्रममा बाटोमा हिमपातका कारण उनीहरूको स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो।रप्रहरी चौकी धोमा विरामी अवस्थामा रहेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा दुई चरणमा उद्दार गरी सुर्खेत ल्याइएको सेनाले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि सुर्खेत स्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याइएको छ।
Posted inSamachar
डोल्पामा हिमपातका कारण बिरामी परेका पाँच प्रहरीको सेनाद्वारा उद्धार

