तनहुँमा जिप दुर्घटना हुँदए एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। बुधबार साँझ छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से.१ च ६५१ नम्बरको बोलेरो जिप आँबुखैरेनी गाउँपालिका-३ आँबुगाउँस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा चितवनको इच्छाकामना गाउँपालिका-५ का ३१ वर्षीय पुष्पलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब निरीक्षक श्रवणकुमार बिकले जानकारी दिए।चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट तल खसेको ह
Posted inSamachar
तनहुँमा जिप सडकबाट खस्दा १ जनाको मृत्यु, ५ घाइते

