बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ।तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया गाउँपालिका-३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले बताए। औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको विष्टको भनाइ छ। स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्रसिंह विष्टले सामान्य स
Posted inSamachar
तालाबन्दीका कारण सुर्नया गाउँपालिकामा औषधि अभाव

