लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। ब्यान्ड बामे सर्दाका दिनहरूमा अनेक तीतामीठा घटना जोडिएको जापानमा नेपथ्यले दुई वर्षपछि प्रस्तुती दिन लागेको हो।जापानमा ब्यान्डको शृङ्खलाबद्ध प्रस्तुति नागोया सहरबाट थालनी हुनेछ। ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू प्रस्तुत गर्नेछ। नागोयामा ब्यान्ड पहिलोपटक कार्यक्रम गर्न लागेको हो। पाँच दिनपछि ब्यान्ड राजधानी टोकियोमा प्रस्तुत हुनेछ। १८ नोभेम्बर मङ
Posted inSamachar
तीन जापानी सहरमा गुञ्जिँदै नेपथ्य

