आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको प्रतिवेदनले उक्त दरले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड भित्रिएको देखाएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो। गत असोज महिनाको विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद
Posted inSamachar
तीन महिनामा साढे ५ खर्ब भित्रियो रेमिट्यान्स, काम गर्न विदेश जाने कति?

