मुग्लिन नारायणगढ सडकअन्तर्गत तुइनखाेला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ।सडक डिभिजन भरतपुरले शुक्रबार बिहान भिडिओसहित जारी गरेको सूचनाअनुसार ढुंगाहरू झर्ने क्रम राेकिएपछि पहिराे हटाउन थालिनेछ। सचेत गराउँदै सूचनामा भनिएको छ, वर्षातकाे समयमा यस क्षेत्रमा पहिरोकाे उच्च जाेखिम भएकालेे सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ।
Posted inSamachar
तुइनखाेला पुलनजिक ढुंगा झर्दा मुग्लिन-नारायणगढ सडक बन्द (भिडिओ)

