त्रिवि क्रिकेट रंगशालामा १० हजार सिट जडान सकिएको छ। प्यारापिट निर्माणको ठेक्का पाएको बीकेओआई–बीजी जेभीले सम्झौता अनुसार सबै कुर्सी जडान गरिसकेको हो। सरकारले पहिलो चरणमा १० हजार क्षमताको प्यारापिट निर्माणको जिम्मा उक्त कम्पनीलाई दिएको थियो। गएको फागुनमा काम थालेको कम्पनीले ६ महिनामै १० हजार क्षमताको रंगशाला तयार गरेको हो। अब रंगरोगन र फिनिसिङको काम पनि केहीदिनमै सम्पन्न गरेर सरकारले हस्तान्तरण गर्ने कम्पनीको दाबी छ। उता फ्लडलाइका लागि पनि केही दिनमै पोल ठड्याउने काम सुरु हुने भएको
Posted inSamachar
त्रिवि रंगशालामा १० हजार सिट जडान, फ्लडलाइट बनाउन क्रेन ल्याइयो

