भारतस्थित बिहार प्रदेशका मुख्यमन्त्री नितिश कुमारले बुधबार राजीनामा दिँदै नयाँ सरकार गठनका लागि राज्यपालसमक्ष दाबी पेस गरेका छन्। अब उनले बिहीबार दसौँपटक बिहारको मुख्यमन्त्री पदको शपथ खाने छन्। उनी सन् २००५ देखि लगातार बिहारको मुख्यमन्त्री पदमा छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनको शपथ समारोह बिहीबार बिहान ११:३० बजे गान्धी मैदानमा हुनेछ।शपथ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र ११ राज्यका मुख्यमन्त्रीहरू पनि उपस्थित हुनेछन्। १५० अतिथिलाई निम्ता गरिएको छ। यसअघि बिहार
Posted inSamachar
दसौँपटक बिहारको मुख्यमन्त्री बन्दै नितिश कुमार, बिहीबार शपथ

