कर्णाली याक्ससँगको खेलमा गुल्सन झासँग लगाएको सर्त जितेपछि आफ्नै तरिकाले ‘सेलेब्रेसन’ गरेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको थियो। कर्णालीलाई सस्तैमा समेट्न दीपेन्द्रले महत्त्वपूर्ण चार विकेट लिएका थिए। सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ७७ रनमा ६ विकेट गुमाइसकेको थियो। क्रिजमा रहेका गुल्सन झा १३ रन बनाएर खेलि
Posted inSamachar
दीपेन्द्र भन्छन्- गुल्सनसँगको सर्त जितेपछि फेरि ‘सेलिब्रेसन’ गरेँ

