शुक्रबार साँझ दैलेखमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १०५६ नम्बरको बोलेरो जिप शुक्रबार साँझ दैलेखको आठबिस नगरपालिका-८ सेरावाडास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए। घाइतेको दैलेख अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।दुर्घटनापछि जिप चालक फरार छन्। उनको
Posted inSamachar
दैलेखमा जिप दुर्घटना हुँदा १५ जना घाइते, ५ को अवस्था गम्भीर

