धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० स्थित बाँदरेमोडनजिकै सुक्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग बन्द भएको छ।शनिबार (आज) बिहान ६ः४५ बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।उक्त अवरोधका कारण काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध हुँदा सवारी साधनको जाम लागेको छ भने यात्रु अलपत्र परेको प्रहरीले जनाएको छ।सडक अवरोध हटाउन इलाका प्रहरी पोष्ट जवाङखोलाका प्रहरी हवल्दार पदम बहादुर आलेको कमाण्डमा, प्रहरी चौकी जोगिमाराका प्र
Posted inSamachar
धादिङको बाँदरेमोडमा पहिरो खस्दा पृथ्वी लोकमार्ग बन्द

