नाबालिकालाई करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पीडित पक्षले दिएको जाहेरीको आधारमा हेटौँडा उपमहानगरपालिका–१ निवासी ४६ वर्षीय ऋषि केबीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। पक्राउ परेका युवकमाथि जबरजस्ती करणीसम्बन्धी आरोपमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Posted inSamachar
नाबालिकालाई करणी गरेको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ

