फागुन २१ गते घोषणा गरिएको आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सेना परिचालनको निर्णय गर्न राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने र त्यसका लागि रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ।
Posted inSamachar
निर्वाचनमा सेना परिचालन गर्न केन्द्रीय सुरक्षा समितिको सिफारिस

