हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।दिउँसो भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दु
Posted inSamachar
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो होला मौसम?

